‘टुल्की’ का लागि अडिसन आह्वान



लक्ष्मण सुनारको निर्देशनमा बहुपति कथामा निर्माण हुन लागेको चलचित्र ‘टुल्की’ ले एक अभिनेत्री र दुई अभिनेताका लागि ‘कास्टिङ कल’ आह्वान गरेको छ । चैत्रको दोस्रो साताबाट छायांकन सुरु हुन लागेको चलचित्रमा काम गर्न इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने निर्देशक सुनारले बताए ।

चलचित्रका लागि निर्माण टिमले २० देखि २५ वर्ष उमेर समुहकी एक अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मंगोलियन अनुहारका अभिनेताका साथै अन्य सहायक कलाकारको लागि अडिसन खुल्ला गरेको हो । अडिसनबाट चलचित्रको कथामा फिट हुने कलाकार नभेटे पुराना कलाकारलाई लिने सोचमा निर्देशक सुनार छन् । चलचित्रको कथा उनी आफैंले तयार पारेका हुन् ।

अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते गरिनेछ । जुम्ला, मुगु र डोल्पामा छायांकन हुने चलचित्रलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन् । चलचित्र ‘टुल्की’ खिच्नका लागि साउथ चलचित्रका चर्चित छायाँकार अरोन अशोक कुमार नेपाल आउनेछन् । उनीसँग कागजी सम्झौता भैसकेको निर्देशक लक्ष्मण सुनारले बताए । उनी कथामा आफूले निकै मिहेनत गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu