विवाह बन्धनमा बाँधिए प्रियंका र आयुष्मान



अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले लगनगाँठो कसेका छन् । शुक्रवार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । आजै साँझ उनीहरुले रिसेप्सन पार्टी पनि दिँदैछन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् । कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंकालाई लिन आयुष्मान रोल्स रोयस कार चढेर पुगेका थिए ।

गत वर्ष नै टिकाटालो गरेका प्रियंका र आयुष्मान गएको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाहको मिति सरेको थियो । प्रियंकाले अब यस वर्ष विवाह नहुने बताउँदै आएकी थिइन् । अन्ततः यसै वर्ष आयुष्मान र प्रियंकाले अग्नीलाई साक्षी राखेर जीवनभर एकअर्कालाई साथ दिने वाचा गर्दै श्रीमान्-श्रीमती भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu