‘डेसान’ बाट नायकको रुपमा डेब्यू गर्दै निशान



म्यूजिक भिडियो सम्पादन तथा निर्देशक कमल एकचै मगरको निर्देशनमा नेपाली चलचित्र ‘डेसान’ बन्ने भएको छ । यही बुधवारबाट छायांकनमा जान लागेको यो चलचित्रबाट निशान चौहानले नायकको रुपमा डेब्यू गर्दैछन् । ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत रहेका उनले बाल्यकालदेखिको हिरो बन्ने सपना ‘डेसान’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरे ।

चलचित्रमा उनीसँगै नम्रता सापकोटा, पुनम थापा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारुलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई चक्र महर्जनले खिच्नेछन् । ‘डेसान’ बाट नायकको परिचय थप्न लागेका निशानले चलचित्रको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न राजी भएको बताए ।

चलचित्रलाई लिएर उत्साहित रहेको बताउँदै उनले भने- ‘चलचित्रमा मेरो भूमिका एकदमै भिन्न छ । म वास्तवमा जस्तो छु त्यसको ठीक उल्टो फिल्ममा मेरो भूमिका छ । यही कारण नै म चलचित्र गर्न राजी भएको हुँ ।’ आफूले पाएको भूमिकालाई इमानदारपूर्वक निर्वाहा गर्न कोशिश गर्ने उनी बताउँछन् । स्क्रिप्ट र टिम दुवै राम्रो भएका कारण चलचित्र पनि राम्रो बन्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu