प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’ टिजर रिलिज (भिडियो)



नयाँ वर्ष २०७७ सालका छेकोमा प्रदर्शनमा आउन लागेको वर्षकै प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेण्डको टिजर आकर्षक बनेको छ । यो पिरियड ड्रामामा प्रमुख भूमिकामा रहेका अभिनेता द्वय शिव श्रेष्ठ र प्रदीप खड्कासँगै नव-अभिनेता मनिष राउतलाई टिजरमा विशेष स्थान दिइएको छ । टिजरको सुरुवातमा मनोज लामाको दमदार आवाज सुन्न सकिन्छ ।

मनोज लामाले टिजरमा भनेका छन्, ‘हरेक युगको परिवर्तनसँगै कयौं अविस्मरणीय कथाहरु इतिहासको पानामा स्वर्ण अक्षरले कोरिने गर्छन् । तर, त्यो युगको कथा किताबहरुमा नकोरिए पनि, ग्रन्थहरुमा नलेखिए पनि हरेकको मन मस्तिष्कमा कहिल्यै नमेटिने छाप बनेर खोपिएको छ । जसलाई कसैले न मेट्न सके न जलाउन सके । यो युगको कथा हो । प्रेम गीतको कथा ।’

चलचित्र ‘प्रेमगीत ३’ मा शिव, प्रदीप र मनिषका अलावा क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । तीन करोडको लागतमा निर्मित चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu