टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सुरु



ट्याटु प्रेमी युवाहरूलाई लक्षित गर्दै रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन शुक्रबारबाट सुरु भएको छ । कार्यक्रममा शुक्रबार मात्र ३५ जनाले ट्याटू खोपाएको र करिब सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ ।

नाखिपोट, बास्केट बल कोर्ट, ललितपुर भैरहेको र्कायक्रमको उद्येश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रबद्र्धन गर्नुको साथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम संयोजक पूनम थापा सारुले बताइन् । कार्यक्रममा ललितपुरका स्थानिय ट्याटू कलाकारहरुले भाग लिएका छन् ।

उक्त दुर्इ दिने कायक्रममा मनोरञ्जन प्रदान गर्ने उद्येश्यका साथ नेपालका चर्चित कलाकार र सांगीतिक ब्याण्डले गीत संगीत प्रस्तुत गरेका छ्न् । यामन, दि मेमोरिया र आरक्षले शुक्रबार सांगीतिक प्रस्तुति दिएका छ्न् भने शनिवार सविन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्कीका साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu