भोजपुरी चलचित्र ‘रण’ मा नरेन खड्का



चलचित्र ‘रण’ बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरी चलचित्रमा पाइला राखेका छन् । यो चलचित्रका निर्देशक पनि नेपाली नै हुन् । थुप्रै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका चन्द्र पन्तले चलचित्रको निर्देशन गरेका हुन् । यसअघि उनले भोजपुरी चलचित्र ‘निरहुवा चलल लण्डन’ बनाएका थिए । यो चलचित्र हिट भएपछि उनले ‘रण’ चलचित्रको निर्देशन गरेका हुन् ।

एक्सन जनरामा निर्मित यो चलचित्रको फर्स्‍टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका प्रमुख अभिनेता आनन्द ओझासँगै नरेन खड्का फिचर्ड छन् । पोस्टरमा नरेनको टाउकोको आधा भाग मात्र देखाइएको छ । उनी चलचित्रमा नकारात्मक भूमिका छन् । ‘भूमिका नकारात्मक भए पनि पावरफूल छ । भोजपुरी चलचित्रमा डेब्यू गर्न पाउँदा खुसी छु,’ उनले भने ।

अभिनेत्री रेखा थापा अभिनीत चलचित्र ‘हमेशा’ बाट अभिनेताको रुपमा डेब्यू गरेका नरेनले ‘मन्दिरा’, ‘परदेशी’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । पहिलो भोजपुरी चलचित्रलाई लिएर उनी निकै उत्साहित छन् । उनी अब राम्रो कथाबाट अफर आए भोजपुरी चलचित्र पनि गर्ने सोचमा छन् । चलचित्र ‘रण’ को भारतको लखनऊसँगै नेपालको लुम्बिनी र काठमाडौंमा छायांकन भएको थियो ।

प्रदर्शन मिति घोषणा नगरिएको चलचित्रमा आनन्द र नरेनसँगै काजल राघवानी, मनोज टाइगर, देव सिंह, सी पी भट्ट, अयाज खानलगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा द्वन्दव निर्देशन पन्त स्वयंको हो । चलचित्रलाई नेपाली छायाँकार महेश पौडेलले खिचेका हुन् । गीतमा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भीर बिष्‍टको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu