सुहानासँग अनमोलको होली (फोटोसहित)



कोरोना भाइरसको त्रासले यस वर्षको होलीको रमझम विगतको जस्तो छैन । अघिल्ला वर्षहरुमा होलीको दिन सडक-गल्लीहरुमा रंगले रंगिएका मानिसहरुको घुइँचो हुन्थ्यो । तर, यसपाली होली खेल्नेहरुको संख्या निकै कम छ । कोरोनाका कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र होली नखेल्न आग्रह गरेपछि यस वर्षको होली खल्लो बनेको हो ।

हाल पोखरामा छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर ४’ टिमले पनि सामान्य रुपमा होली मनाएको छ । चलचित्रका कलाकार र निर्देशकले एकअर्कालाई अविर दलेर रमाइलो गरेका छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा चलचित्रका प्रमुख कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतसँगै निर्देशक झरना थापालाई अविरले रंगिएको मुहारमा देख्न सकिन्छ ।

प्राप्त केही तस्विरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा एकअर्कालाई अविर दल्दै देखिएका छन् । भने, अनमोलको हातमा पानी फ्याल्ने होलीको पिच्कारी देख्न सकिन्छ । उनीहरुको साथमा अविरले रंगिएको एक कुकुर पनि छ । यो अभिनेता अनमोलले पालेको कुकुर हो । ‘कोको’ नाम राखिएको यो कुकुरको ‘ए मेरो हजुर ४’ मा अभिनय समेत छ ।

सुनिल कुमार थापाको निर्माण रहने चलचित्रलाई सञ्जय लामाले खिचिरहेका छन् । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा चलचित्रको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । चलचित्र अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu