भारतमा प्रदर्शन हुँदै ‘हजार जुनीसम्म’



नेपाल प्रदर्शनको झण्डै ७ महिनापछि विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनीसम्म’ अब भारतमा प्रदर्शन हुने भएको छ । यही शुक्रवारबाट चलचित्रले भारत प्रदर्शन थालनी गर्न लागेको हो । सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले चलचित्र दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो ।

पत्रकार सम्मेलनमा अभिनेता द्वय आर्यन सिग्देल र अखिलेष प्रधान, निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि चलचित्र हेर्न आग्रह गरिन् । चलचित्रले भारतमा राम्रो व्यापार गर्ने उनको विश्वास छ ।

अभिनेता आर्यनले दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी क्षेत्रमा बसोबास गर्ने नेपालीबासीलाई चलचित्र मनपर्नेमा आफू आशावादी रहेको बताए । उनले चलचित्रमा अनन्त प्रेम, अनुकम्पा र रोमान्स रहेको जानकारी दिए । त्यस्तै, अभिनेता अखिलेष प्रधानले चलचित्रमा आफूले निभाएको भूमिकालाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । यो उनी अभिनीत पहिलो चलचित्र हो ।

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन् । यो चलचित्र गएको साउन अन्तिममा प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu