सुरु भयो ‘२ नम्बरी’ को छायांकन



बिहीवारबाट चलचित्र ‘२ नम्बरी’ को पनि छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले क्याप्टेनसिप सम्हालेको यो चलचित्रको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण हुने फिल्म ३५ दिनसम्म खिचिनेछ । चलचित्रको सम्पूर्ण छायांकन पोखरा आसपासमा हुने निर्देशक लामाले बताए ।

चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेन (भुटानी अभिनेत्री) ले पहिलो दृश्य दिएका छन् । चलचित्रका अर्का प्रमुख कलाकार द्वय पल शाह र वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । भुटानी चलचित्रकी चर्चित अभिनेत्री उगेन छोदेनले ‘२ नम्बरी’ बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा उनको जोडी अभिनेता दयाहाङसँग बाँधिएको छ ।

अर्को वर्षको जनै पूर्णिमामा रिलिज हुने चलचित्रको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन् भने प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता हुन् । रेड वर्ड र आरआर चलचित्र प्रोडक्शनमा निर्माण हुने चलचित्रमा बुद्धि तामाङको पनि अभिनय रहनेछ । अभिनेता द्वय दयाहाङ र पललाई पहिलो पटक पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu