थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । सांगीतिक कार्यक्रममा सहभागी हुन गत हप्ता अष्ट्रेलियाको सिड्नी पुगेकी उनलाई थेरापी प्वाइन्ट, एजुकेशन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट ऐजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेका हुन ।

सिड्नीको लिडकममा रहेको वाइट पार्कमा मनाइएको सिड्नी होली मेलाको कार्यक्रममा मरिष्कालाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो । थेरापी प्वाइन्टका सञ्चालक सुनिल उप्रेतीले अभिनेत्री मरिष्कालाई थेरापी सम्बन्धि ज्ञान भएको र यस विषयमा अध्ययन गरेका कारण ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको बताए । ‘सालको पात’ गीतपछि मरिष्का एकाएक चर्चामा आएकी हुन् ।
‘साली कस्को भेनाको’, ‘के म तिम्रो होइन र ?’, ‘पण्डित बाजेको लौरी’, ‘लम्फू’ ‘मिस्टर भर्जिन’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी मरिष्काले आफूले जानेको, पढेको र ज्ञान भएको विषयमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । अहिले सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बल टाउनमा छ भने चाँडै यसको शाखा सिड्नीकै सेभेन हिल्समा पनि सञ्चालनमा आउँदैछ ।




