‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ गीत सार्वजनिक (भिडियो)



आउँदो बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको मुकुन्द्र भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ । नरेशनाथ योगीको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनाइएको छ । अडियो भने औसत छ ।

मिस्टर आरजेसँगै चलचित्रका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीलगायत गीतमा फिचर्ड छन् । सौगात भिन्न लुक्समा देखिएका छन् । यो चलचित्रबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । गीतमा उनलाई पनि देख्न सकिन्छ । आना ढकाल र श्रृजना सिनाले पनि यही चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन् ।

चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथा अमित शर्माले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । चलचित्रमा हिमाल केसी र निर्देशक भट्टले एक्सन कोरियोग्राफी गरेका छन् ।

निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादन रहेको चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

गीत हेर्नुहोस् :-

https://youtu.be/k5SZ8xkyc1g
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu