प्रेमी सफलसँग ‘क्याप्टेन’ अभिनेत्री प्रियंकाको टिकाटालो



गत वर्ष प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । शुक्रवार काठमाडौंको एक होटलमा उनले प्रेमी सफल अधिकारीसँग औंठी साटेकी हुन् । उनीहरुको इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।

अभिनेत्री प्रियंकाका हुनेवाला श्रीमान् इन्जिनियर हुन् । इन्स्टाग्राममा सफल अधिकारीले आफू नासामा काम गर्ने उल्लेख गरेका छन् । प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत् आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् । गएको तीन दिनदेखि उनले दैनिक रुपमा आफ्नो इन्स्टामा प्रेमीसँग रोमान्टिक अवतारमा खिचिएका तस्विरहरु साझेदार गरिरहेकी छन् ।

‘क्याप्टेन’ प्रदर्शनताका निर्माण टिमले प्रचार-प्रसारमा उनलाई राम्रो प्राथमिकता दिएको थियो । तर, चलचित्र प्रदर्शनपछि अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको चर्चा भयो । प्रियंकाको अभिनय कमजोर रहेको दर्शक तथा समीक्षकको प्रतिक्रिया थियो । स्मरण रहोस्, अनमोल र प्रियंका एउटै कलेजमा पढेका हुन् । अनमोलकै सिफारिसमा ‘क्याप्टेन’ मा प्रियंका भित्रिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu