‘आमा’ ले लगानी सुरक्षित गरेको निर्मात्रीको दाबी



कोरोना भाइरसको त्रासका कारण सिनेमा हलमा दर्शकको उपस्थिति पातलिँदै गएको अवस्थामा शुक्रवारबाट चौथो हप्तामा प्रवेश गरेको चलचित्र ‘आमा’ ले आफ्नो लगानी सुरक्षित गरेको निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । डिएस डिजिटलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘चौथो हप्तासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ ।’

निर्मात्री शर्मिला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा अगाडि भनिएको छ–‘चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’ कोरोनाको त्रासबीच पनि हलसम्म पुगेर चलचित्र हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएको छ । चलचित्रको कमाईबाट निर्माण टिम सन्तुष्ट छ ।

चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो । ‘आमा’ हेरेपछि समीक्षकले निर्देशक दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशनको ट्याग दिएका छन् । भने, दर्शकले चलचित्रलाई ‘मास्टरपिस’ भन्दै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu