सरकारले गर्‍यो बैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय



नेपाल सरकारले आउँदो बैशाख १८ गतेसम्मलाई सम्पूर्ण सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार बैशाख १८ सम्मलाई सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, आगामी वैशाख १८ गतेसम्म सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ-मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ ।

केही हप्ताअघि सरकारले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि मानिसहरुको भीडभाड रहने सिनेमा हलमा नजान आग्रह गरेको थियो । सरकारको यो आग्रहपछि सिनेमा हलमा दर्शकको उपस्थिति पातलिन थालेको थियो । जसका कारण सिनेमा हलहरु बन्द हुने अवस्थामा पुगेका थिए । सरकारको दोस्रो निर्णयसँगै अब देशभरका सिनेमा हलमा ताल्चा लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu