डेढ महिनाका लागि बन्द भए सिनेमा हल



संसारभर फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बुधवार सरकारले बैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरिसकेको छ । चैत ६ गतेबाट लागू हुने गरी सिनेमा हल बन्द गर्ने सरकारले निर्णय लिएको हो । सरकारको निर्णयलाई हल सञ्चालकहरुले स्वागत गरेका छन् । दर्शकको स्वास्थ्यलाई ख्यालमा राख्दै बिहीवारबाट देशभरका सिनेमा हलहरु बन्द भएका छन् ।

कोरोनाको त्रासले गएको दुई हप्तादेखि हलमा दर्शकको उपस्थिति सुखद थिएन । दर्शक नहुँदा हल स्वंत बन्द हुने अवस्थामा पुगिसकेका थिए । सरकारले डेढ महिनासम्म हल बन्द गर्ने निर्णय गरेसँगै बिहीवारबाट सिंगल र मल्टीप्लेक्स सबै हल पूर्ण रुपमा बन्द भएका छन् । देशभरका सिनेमा हलहरुले विज्ञप्ती जारी गर्दै बैशाख १८ गतेसम्म हल बन्द हुने जानकारी गराएका छन् ।

क्यूएफएक्स सिनेमाजले आफ्नो वेभसाइटमा दर्शकको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै आउँदो बैशाख १८ गतेसम्मलाई हल बन्द भएको जानकारी दिएको छ । अन्य सिनेमा हलहरुले पनि विज्ञप्तीमार्फत् सरकारको निर्णयअनुसार हल बन्द गरिएको उल्लेख गरेका छन् । हलहरु बन्द भएपछि चैत र बैशाख दोस्रो हप्तासम्म प्रदर्शनको तयारीमा रहेका सबै चलचित्रको रिलिज सरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu