‘चपली हाइट ३’ मा बोल्ड सुपुष्पा



कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यही चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ को रिलिज सरेको छ । निर्माता अर्जुन कुमारले हल बन्द भए मात्र चलचित्र सार्ने बताएका थिए । बुधवार सरकारले बैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि अर्जुनले चलचित्र निर्धारित मितिमा प्रदर्शन नहुने जानकारी दिए ।

उनले भने- ‘केही दिनमा पत्रकार सम्मेलनमार्फत चलचित्रको रिलिज पोस्टपोन्ड भएको जानकारी गराउने छौं । सिनेमा हलहरु बन्द नभएको भए म चलचित्र कुनै हालतमा प्रदर्शन गर्थेँ । अब सरकारले नै हल बन्द गर्ने निर्णय गरेपछि फिल्म सार्नुको विकल्प छैन ।’ अहिले चलचित्रको ट्रेलरमा काम भैरहेको उनको भनाई छ । नयाँ प्रदर्शन मिति राखेर ट्रेलर सार्वजनिक गर्ने उनको तयारी छ ।

कोरोनाका कारण चलचित्रको रिलिज पोस्टपोन्ड भए पनि निर्माण टिमले अभिनेत्री सुपुष्पा भट्टको केही बोल्ड तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनलाई विकिनी अवतारमा देख्न सकिन्छ । स्विमिङ पूलमा विकिनी अवतारमा देखिएकी सुपुष्पाले यो सिन जाडो मौसम दिएकी हुन् । पहिलो पटक बोल्ड अवतारमा प्रस्तुत हुन लागेकी सुपुष्पा यो चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।

यो चलचित्रमा सुपुष्पासँगै स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले चलचित्रको एक्सन सिनको कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu