सौगात र सृष्टिको अपिल : घरभन्दा बाहिर निस्कने नगरौं



कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले एक हप्ताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ । यो भाइरसको संक्रमण झन् बढ्दो क्रममा रहेका कारण सरकार ‘लकडाउन’ को अवधि बढाउने तयारीमा छ । ‘लकडाउन’ को समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन पाइँदैन । त्यसैले अहिले सम्पूर्ण नेपाली घरको चार कुनामा खुम्चिएर बस्न बाध्य भएका छन् ।

नेपाली सेलिब्रेटीहरु पनि केही दिनयता कोरोनाको त्रासले घरभन्दा बाहिर निस्किएका छैनन् । वर्षभरी एकदिन पनि फुर्सदले घरमा बस्न नपाएका कलाकारहरु अहिले परिवारसँग पर्याप्त समय विताइरहेका छन् । ‘लकडाउन’ को समयमा कोही फिल्म त कोही पुस्तक पढेर दिन काटिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट सचेतना जगाउने काम पनि गरिरहेका छन् ।

गएको २ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि सरकारले एक हप्ताका लागि ‘लकडाउन’ को घोषणा गरेपछि सँगै बस्दै आएका छन् । यसबीच, उनीहरुले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सम्पूर्ण नेपालीलाई कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । घरभन्दा बाहिर ननिस्कन उनीहरुको अपिल छ ।

भिडियो सन्देशमा अभिनेत्री सृष्टि श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बच्न अहिलेको अवस्था ‘सेल्फ आइसुलेसन’ बस्न आवश्यक रहेको बताएकी छन् । ‘सेल्फ क्वारेन्टाइन’ लाई सदुपयोग गर्न पनि उनको सुझाव छ । यो समयमा परिवारसँग समय विताउन, योगा गर्न र सृजनात्मक कार्यहरु गर्न सल्लाह दिँदै उनले कोरोनाको लक्षण देखिए तुरुन्तै हस्पताल जान पनि सुझाएकी छन् ।

त्यस्तै, अभिनेता सौगातले कुनै कार्य गर्नुभन्दा अगाडि वा पछाडि हात अनिवार्य रुपमा हात धुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘राम्रोसँग हात धोएर मात्र खाना खाने वा अनुहारमा छुने काम गर्नुहोला । सकभर घरभन्दा बाहिर निस्कने नगरौं । निस्कनै परेको खण्डमा मास्क र ग्लोब्स प्रयोग गरौं ।’ कोरोनाको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न पनि उनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu