काठमाण्डौ। चलचित्र पत्रकार तथा चलचित्र निर्देशक सुब्रत आचार्यलाई पितृशोक परेको छ । ७३ बर्षको उमेरमा आचार्यका पिता ईश्वरप्रसाद आचार्यको शनिवार दिउसो ३ बजे किर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो ।

सामान्य बिरामी रहनुभएका उहाँको हृदयघातको कारण निधन भएको बताइएको छ । स्व. आचार्यको शनिवार नै विद्युतिय शव गृहमा उहाँको दाहासंकार गरिएको छ ।
चलचित्र पत्रकार संघ नेपालले एक शोक विज्ञप्ती जारी गर्दै संघका संस्थापक कोषाध्यक्ष तथा केन्द्रिय सदस्य सुब्रत आचार्यका पिता स्व. आचार्य प्रति श्रद्दांजली व्यक्त गरेको छ भने परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

ठुलोपर्दा डटकम परिवार स्व. आचार्य प्रति हार्दिक श्रद्दांजली गर्दछ तथा यस दुखद घडिमा शोक सन्तप्त परिवारजन प्रति सहनशक्तिको प्राथना गर्दछौँ ।




