घरमै बस्न अशिष्माको अपिल



विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल अहिले ‘लकडाउन’ मा छ । सरकारले गएको मंगलबारदेखि देशभर विभिन्न प्रतिबन्ध लागू हुनेगरी ‘लकडाउन’ घोषणा गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले सरकारले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

कोरोनाको संक्रमणबाट जोगिन सरकारले ‘लकडाउन’ को घोषणा गरेपछि धनाड्यदेखि आम सर्वसाधारणसम्म घरको चारकुनाभित्र कैद हुनुपरेको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने भएका कारण कोही फिल्म हेरेर त कोही पुस्तक पढेर जसोतसो दिन काटिरहेका छन् । नेपाली सेलिब्रेटीहरुको दैनिकी पनि एक हप्तायता यसरी नै वितिरहेको छ ।

उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबारे सचेतना पनि फैलाइरहेका छन् । राजेश हमाल, प्रदीप खड्का, निखिल उप्रेती, रेखा थापा, सौगात मल्ल, करिश्मा मानन्धरलगायतले कोरोनाबाट बच्न घरभित्रै बसेर विशेष सावधानी अपनाउन भिडियो सन्देशमार्फत् आग्रह गरेका छन् । अभिनेत्री अशिष्मा नकर्मीले पनि सम्पूर्ण नेपालीलाई घरभित्रै सुरक्षित बस्न अनुरोध गरेकी छन् ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन सरकारले देशभरि ‘लकडाउन’ गरेकाले घरभित्रै सावधानी अपनाएर सुरक्षित रुपमा बस्न उनले आग्रह गरेकी हुन् । उनले इन्स्टाग्राममा आफ्नो एक तस्विर पोस्ट्याउँदै क्याप्सनमा हार्दिकतापूर्वक लेखेकी छन्, ‘ज्ञानी भएर घरमै बस्ने हुस् ।’ उनी पनि एक हप्तायता कोरोनाको त्रासले घरभन्दा बाहिर निस्किएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu