घरमा हुँदा ऋचा किन लगाउँदिनन् सिन्दूर ?



कोरोना भाइरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि नेपालका अधिकांश जनता घरभित्रै सीमित भएका छन् । काँचको पर्दामा देखिने नेपाली सेलिब्रेटीहरु कोरोनाको त्रासले लकडाउन हुनुभन्दा अगावैदेखि घरबाहिर निस्कन छाडेका थिए । अभिनेत्री ऋचा शर्मा ‘कमेडी च्याम्पियन’ को फिनाले सकिएसँगै श्रीमान दिपेक्ष राणाको परिवारसँग समय विताइरहेकी छन् ।

लकडाउनको समयमा उनको दैनिकी कसरी वितिरहेको छ भन्ने बुझ्न इन्स्टाग्राम स्टोरी हेरे पुग्छ । कहिले भान्सामा परिवारका लागि विभिन्न प्रकारका खानेकुराको परिकार बनाउँदै गरेको तस्विर तथा भिडियो क्लिप्स इन्स्टामा साझेदार गरेकी हुन्छिन् त कहिले प्रशंसकका जिज्ञासा मेटाउँदै देखिन्छिन् । आइतवार उनले आफ्ना प्रशंसकको मनमा उब्जिएका केही जिज्ञासा मेटाइन् ।

एक फ्यानले उनलाई सोधेका थिए, ‘किन सिन्दूर नलगाउनु भएको ?’ ऋचाले जवाफमा भनिन्, ‘सिन्दूर-पोते भनेको आफ्नो इच्छाको कुरा हो जस्तो मलाई लाग्छ । विशेष कार्यक्रममा लगाउँछु । सधैं चाहिँ लगाउँदिनँ ।’ त्यस्तै, एक प्रशंसकले आफूले चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ चारपटक हेरेको बताएपछि ऋचाले पनि आफूले गरेका चलचित्रध्ये उत्कृष्ट फिल्म यही रहेको बताइन् ।

अभिनेत्री शर्मा यही वर्षको मंसिरमा दिपेक्ष राणासँग बैबाहिक जीवनमा बाँधिएकी हुन् । तर, विवाह भएको चार महिनासम्म पनि उनीहरु हनिमुनमा निस्कन पाएका छैनन् । विवाहको महिना दिनमा ऋचाकी आमाको निधन भयो । अहिले कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेको छ । अब, यो स्थिति सामान्य भएपछि उनीहरु हनिमुनका लागि निस्कने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu