प्राविधिकलाई सहयोग गर्दा नकरात्मकता फैलाइयो : दीपकराज



लकडाउनका कारण चलचित्रका प्राविधिकहरुलाई आर्थिक संकट परेपछि अहिले चलचित्रकर्मीहरुले सहयोग रकम जुटाइरहेका छन् । कसैले नगद त कसैले खाद्यन्न किनेर सहयोग गरेका छन् । चलचित्रकर्मीबाट प्राप्त सहयोगबाट खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले आइतवारबाट वास्तविक समस्यामा परेका प्राविधिकहरुको घरसम्मै पुर्‍याइरहेको छ ।

तर, एकथरीले यसरी सहयोग गर्दा श्रमिकहरुको अपमान भएको भन्दै टिप्पणी गरिरहेका छन् । यस विषयमा कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै बलिउड कलाकारले प्राविधिकलाई पैसा उठाएर मद्दत गर्दा राम्रो मान्ने तर नेपाली चलचित्रकर्मीले सहयोग गर्दा चन्दा उठाएको र श्रमिकको अपमान भएको भन्दै नकारात्मकता फैलाएकोप्रति दुःख व्यक्त गरेका छन् ।

भारतका चर्चित कलाकारहरुले घरभित्रै बनाएको एक सन्देशमुलक भिडियो फेसबुकमा साझेदार गर्दै दीपकराजले लेखेका छन्, ‘भारतमा सबै कलाकारले दैनिक ज्यालादारी कामदारलाई पैसा उठाएर मद्दत गर्दैछन् । हामीले पनि त्यही गर्दैछौं । तर, हामीले गर्दा चन्दा किन उठाको, श्रमिकको अपमान भयो, यसले यति दियो, उसले यति मात्रै किन दियो भनेर नकारात्मकता नै फैलायौं ।’

उनले नेपाली चलचित्रकर्मीलाई एक्लै हिरो हुने बानी रहेको पनि उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘बलिउडका कलाकारले यो भिडियोबाट हामी एउटै फेमिली हौं भन्ने सन्देश कति मिठो तरिकाले दिएका छन् । तर, हामीलाई एक्लै हिरो हुने बानी छ । वास्तवमा धेरै सिक्न बाँकी छ हामीले ।’ उनले यो पोस्ट नेपाली चलचित्रका विभिन्न कलाकारहरुलाई पनि ट्याग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu