अमेरिका पुगेपछि सरोज खनालले लेखे, ‘जे पर्ला त्यही टर्ला’



अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिक स्वदेश फर्काइरहेको छ । गएको आइतवार नेपालबाट ३ सयभन्दा बढी आफ्ना नागरिक स्वदेश फर्काउने क्रममा अभिनेता सरोज खनाल परिवारसँग भेट गर्न कतार एयरवेजको चार्टर्ड विमानबाट अमेरिका उडेका थिए । उनी सुरक्षित रुपमा अमेरिका पुगेका छन् ।

‘लकडाउन’ को समयमा अमेरिकी सरकारले आफ्नो नागरिक फर्काउन चार्टर्ड गरेको विमानबाट अमेरिका उडेको खबर बाहिरिएपछि अभिनेता खनालको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिले शक्तिशाली देशमा पुगेपछि कोरोनाबाट बच्न सकिन्छ भनेर देश छाडेको आरोप आएका छन् भने कतिले विपत्तको समयमा देश छाड्न नहुने तर्क राखेका छन् ।

कोरोनाको सन्त्रासबीच अमेरिका उडेको विषयमा सामाजिक सञ्जालमा भइरहेको टिका टिप्पणीको बारेमा अभिनेता सरोज खनालले अमेरिका ओर्लिएपछि आफ्नो स्पष्टिकरण दिएका छन् । उनले यो समय आफ्नो परिवारसँग विताउन उचित सम्झिएकाले अमेरिका आइपुगेको फेसबुकमा उल्लेख गरेका छन् । उनले जसले जे भने पनि आफूलाई कुनै फरक नपर्ने पनि बताएका छन् ।

श्रीमती र नाती-नातिनासँगको एक तस्विर पोस्ट्याउँदै अभिनेता सरोज खनालले फेसबुकमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनःसर्वे संतु निरामयः जसले जे भने पनि यो समय परिवारसँग विताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’ करीब एक दशक अमेरिका बसेर बुढ्यौली समयमा स्वदेश फर्किएका अभिनेता खनालका छोराहरु भने अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu