घरभित्रै बस्न अपिल गर्दै खेत छिरे आर्यन



कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि लामो समयदेखि काठमाडौंमा बस्दै आएका अभिनेता आर्यन सिग्देल श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका छन् । त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।

गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ चलचित्रमार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभिनेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् ।

उनले तस्विरसँगै क्याप्सनमा घरभित्रै बस्न पनि आफ्ना प्रशंसकलाई अपिल गरेका छन् । उनले लेखेका छन्, ‘ममीसँग काम गर्दै छु । तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस् ।’ एक समय नेपाली चलचित्रमा आफ्नो बलियो पकड बनाएका उनी केही वर्षयता एक हिट चलचित्रका लागि भौतारिएका छन् । उनका पछिल्ला कुनै चलचित्र बक्सअफिसमा सफल छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu