दीपकको राजनीतिक व्यंग्य, ‘कोरोनाको औषधी पत्ता लाग्यो’ !



काठमाण्डौ। सोमबार सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । कोरोनाको महामारीसँग जुधिरहेका बेला सरकारले यस्तो अध्यादेश किन ल्याउनु पर्‍यो ? के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् ? अध्यादेशबाट यस्ता प्रश्नहरु उब्जेका छन् ।

कोरोनाको महामारीका बीच बिषम परिस्थितीमा देश रहेको बेला भएको राजनीतिक परिवर्तनमा कलाकारहरु पनि बोलेका छन् । यसैबीच अभिनेता दीपक राज गिरीले व्यंगात्मक प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै गिरीले कोरोनाको औषधी नेपालमा पत्ता लागेको प्रतिक्रिया दिएका छन् ।

उनले सकारात्मक सोच्न आग्रह गर्दै लेखेका छन्, ‘सकारात्मक सोचौ न यार, कोरोनाको औषधी नेपालमा पत्ता लाग्यो ! धेरै दिन देखीको प्रयास सफल ‘राष्ट्रपतिद्वारा विधेयकमा हस्ताक्षर’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu