दल विभाजन अध्यादेश: पत्रकार पाण्डेको विचारमा करिश्मा सहमत



काठमाण्डौ। कोरोना कहरबीच देश गुज्रिरहेको समयमा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको बिषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्ना धारणाहरु राखिरहेका छन् । कसैले व्यंग्य गरिराखेका छन् भने कसैले समर्थन र विरोध गरिरहेका छन् ।

देशमा हुने राननीतिक परिवर्तनको समयमा कलाकारहरुले पनि आफ्ना विचार राख्ने गरेका छन् । सोमबार जारी अध्यादेशका बिषयमा नायिका करिश्मा मानन्धरले पनि एक विचारमा सहमती जनाएकी छन् । उनि बरिष्ठ पत्रकार बिजय कुमार पाण्डेको विचारमा सहमत हुँदै पाण्डेको ट्वीटको स्कृनशट आफ्नो फेसबुकमा शेयर गरेकी छन् ।

ट्वीटमा लेखिएको छ, ‘दल विभाजन अध्यादेश बारे धेरै उत्सुकता र चर्चा हाललाई बेकार हो । पछिल्ला अनियमितता र घटनाक्रमबाट ध्यान अन्तै सार्न गरिएको यो अल्पकालिन कुटिर उद्योग हो । आज प्रदर्शित यो ड्रामाको स्क्रिप्ट नेकपा शिर्षतम नेताहरुलाई पहिल्यै थाहा थियो । नेताको ड्रामामा भुलेर, गरिब जनतालाई नबिर्सौँ’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu