काठमाण्डौ। नेपाल चलचित्र निर्देशक समाजले कोरोना माहामारीले समस्यामा परेका निर्देशकहरुको पहिचान गरी राहत दिने भएको छ । सोमबार बसेको भर्चुअल बैठकबाट भएको निर्णयअनुसार राहत वितरण गरिने समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मूख्य सहायक निर्देशक वा निर्देशकज्यूहरुलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशिघ्र सम्पर्क गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा निर्देशकहरुको प्रतिष्ठाको ख्याल गर्दै राहत सम्बन्धी जानकारी तथा नाम गोप्य राखिने बताईएको छ ।
हेर्नुहोस् विज्ञप्ती:





