आठ नेपाली कलाकारको ‘लकडाउन’ चलचित्र (चलचित्र सहित)



काठमाण्डौ। कोरोना कहरबीच देश पूर्णरुपमा लकडाउनमा छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन अहिले नेपालमा प्रत्येक नागरिकहरु सुरक्षित रुपमा घरमा नै रहेका छन् ।

संसारभरका कलाकारहरु पनि घरभित्रै रहेका छन् । चलचित्र तथा संगीत क्षेत्र अहिले ठप्प छ तरपनि कलाकारहरुका गतिविधी भने होम क्वारेन्टाइनबाट नै चलिरहेका छन् । कसैले पीडितलाई राहत दिइरहेका छन् भने कोहिले घरमै बसेर गर्न सकिने काम गरिरहेका छन् । लकडाउनले कलाकारहरुबीच नयाँ-नयाँ कन्सेप्टको विकास पनि भइरहेको छ । त्यसको एक उदाहरण हो, आ-आफ्नै घरबाट चलचित्रमा अभिनय गर्नु ।

अभिनेता सन्दीप क्षेत्रीले यहि प्रयोग गर्दै ‘लकडाउन’ नामक लघु चलचित्र तयार पारेका छन् । सन्दीप आफैले लेखेको कथामा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के.सी., निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दीप क्षेत्रीको अभिनय रहेको छ ।

चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक यूवाको कथा समेटिएको छ ।

हेर्नुहोस् चलचित्र ‘लकडाउन’:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu