चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग



काठमाण्डौ। कोरोनाको महामारीका बीच देश लकडाउनमा रहेको बेला चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्ष पदको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मंगलवार एक सुचना जारी गर्दै मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको हो ।

केशव भट्टराईको निधनपछि बोर्डको अध्यक्ष पद रिक्त छ । आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सवल तथा कमजोर पक्ष र भावी रणनीतिहरु बुँदागत रुपमा पेश गर्न भनिएको छ । उम्मेदवारको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरिने सुचनामा जनाईएको छ ।

राजनीतिक नियुक्ती हुने बोर्ड अध्यक्षको लागि केहि बर्ष अघिदेखी भने आवेदन माग गरि खुल्ला प्रतिष्पर्धा भन्ने गरिएको छ । आवेदन एउटा प्रक्रिया मात्र भएको तर नियुक्ती भने घुमाई फिराई राजनीतिक नै हुने गरेको चलचित्रकर्मीहरु बताउँछन् ।

अध्यक्षको दौडमा सुचना आउनु अगाडी देखी नै चलचित्रकर्मीहरु सहभागी थिए ।

सुचना:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu