डिशहोमको च्यानल नम्बर १०८ (सिनेमाघर)मा बैशाख २३ गतेदेखी नेपाली चलचित्र ‘डु यु लभ मी’ रिलीज हुने भएको छ । संजय काउछाको निर्देशन रहेको यस चलचित्रमा लक्ष्मण पुन, पुस्कर गुरुङ, कबिता आले, श्याम राई, रमेश अधिकारी, सपना रोका, प्रमोद खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रमा प्रेम, बिछोड तथा पारिवारिक सम्बन्धलाई देखाउन खोजिएको छ । यस चलचित्रमा पुरुषोत्तम प्रधानको डिओपी, दिर्घ खड़काको सम्पादन तथा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।
चलचित्र बिहान ४ बजे, ७ बजे, १० बजे र दिउसो १ बजे हेर्न सकिन्छ ।
ट्रेलर हेर्नुहोस्:


