काठमाण्डौ। नेपाली चलचित्र ‘कोपिला’ डिसहोम मार्फत प्रर्दशनमा आउने भएको छ । बैशाख ३० गतेबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त चलचित्र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको बताइएको छ ।
दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय हेर्न पाउने भएका हुन् । चलचित्रका निर्देशक शिवम अधिकारीले कोरोना भाईरसको कारण भएको लकडाउनले सिनेमा हल संचालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत प्रर्दशन गर्न लागिएको बताए ।

चलचित्रले यसअघि हेटौडामा भएको बिशेष शो मार्फत आएको रकमबाट स्व. निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरीसकेको चलचित्रका निर्माता मणिराज गौतमले बताए । साथै चलचित्र प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व. पन्तको परिवारलाई प्रदान गरिने उनले बताए ।
गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुवास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।
ट्रेलर हेर्नुहोस्:


