लकडाउनको मजाक: चर्चित कलाकारहरु र रबि लामिछानेको मस्ती (भिडियो सहित)



काठमाण्डौ। लकडाउनमा बजार निस्केको भन्दै पत्रकार रबि लामिछानेको टेलिभिजन कार्यक्रममा रबिले भनेको टिकटक लगायतका सामाजिक संजालहरुमा चर्चित सन्देश त तपाईँलाई थाहै होला । जुन भनाई यस्तो थियो, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ । उनको यो भनाई दरिलो र चोटिलो छ । तर, अरुलाई अर्ती दिने तर आँफैले सोहि अर्ती नमान्दा रबि अहिले हाँसोको पात्र बनेका छन् । हाँसोको पात्र रबि मात्र बनेका छैनन्, नेपाली चलचित्रका चर्चित कलाकारहरु तथा एकजना चलचित्र पत्रकार पनि बनेका छन् ।

मंगलबार राजधानीमा समेत तीनजनामा कोरोना संक्रमण पाईएपछि काठमाडौं उपत्यकाबासी सबै त्रशित छन् । केहि दिन अगाडी देखी बजारमा बढेको चहलपहलका कारण पनि धेरैजना त्रशित छन् । सरकारले ५२ दिनदेखी देश नै लकडाउन गरेको छ । यहि बीचमा एउता आश्चर्यजनक भिडियो सार्वजनिक भएको छ जसमा रबि लामिछाने सहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर, पत्रकार उत्सव रसाईली लगायतले कुनै घरमा भेला भएर मस्ती गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिभिन्न परिकारहरु बनाई खाँदै गरेको र सबै एकै ठाउँ रहेर भोजन गरिरहेको देख्न सकिन्छ ।

अहिलेको समयमा अत्यावश्यक कामको लागी बाहेक घरबाट बाहिर ननिस्कनु भन्ने सरकारको आदेशको त खिल्ली उडेको छ नै बिशेस कामको लागी लिइएको पास प्रयोग गरी यसरी भेला हुनु र त्यसलाई सामाजिक संजालमा राख्नुले समेत कलाकारहरु तथा पत्रकारहरु आफैले उठाईरहेको लकडाउन कार्यान्वयनको आह्वान पनि मजाक बनेको छ ।

बाँकी सबै भिडियोमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu