चलचित्र विकास बोर्ड अध्यक्षका लागी दश जनाको आवेदन



रिक्त रहेको छ महिना पछि आवेदन माग गरिएको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागी दश जनाको आवेदन परेको छ । आवेदनको लागी मंगलवार अन्तिम दिन थियो । आवेदन दिनेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी., निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती (भीमा), ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार तथा हल संचालक सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन् ।

From left to right: Bhima Mainali, Arjun Kumar, Bhuwan KC, Dayaram Dahal, Sohit Manandhar

बोर्डमा अध्यक्ष पदको लागी राजनीतिक नियुक्ती हुने भएता पनि केहि बर्षयता केहि मापदण्ड तोकेर आवेदन माग गर्न थालिएको छ । सोहि प्रक्रियालाई निरन्तरता दिँदै यसपटक पनि आवेदन माग गरिएको थियो । अघिल्लो पटकको मापदण्डमा न्युनतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने थियो भने यस पटक प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि नेपाली चलचित्र विकास, संरक्षण तथा प्रबर्धनमा निरन्तर रुपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने मापदण्ड तोकिएको छ ।

आवेदन खुल्ला गर्दा अध्यक्ष छनौट गर्दा ब्याबसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिनेछ भनिएको छ । अध्यक्षमा राजनीतिक नियुक्ती हुने भएता पनि प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारको पनि नियुक्तीमा हात रहने बताईन्छ । अध्यक्ष हुनको लागी दश जना आवेदक नै आफ्नो राजनीतिक शक्तिको खेलमा लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu