चलचित्र ‘झड्केलो’ डिजिटल रिलीज हुने



काठमाण्डौ। लघु चलचित्र ‘झड्केलो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । किरण नेपालीले बनाएको यो चलचित्र ४५ मिनट लामो रहेको बताइएको छ ।

नेपाली समाजमा बच्चा सहित महिलाले दोश्रो बिवाह गर्दा पहिलो श्रीमान तर्फको सन्तानलाई ‘झड्केलो’ भन्ने गरिन्छ । यहि कथामा आधारित रहेर यो चलचित्र बनाईएको निर्माता नेपालीले बताए । यो चलचित्र विभिन्न चलचित्र महोत्सवहरुमा देखाईने तथा विभिन्न डिजिटल प्लाटफर्म मार्फत शुल्क तिरेर हेर्न सकिने बताईएको छ । लकडाउन पनि चलचित्र विभिन्न माध्यममा उपलब्ध हुने नेपालीले बताए ।

यस चलचित्रको मुख्य भूमिकामा प्रसान्त भण्डारी रहेका छन् । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको ‘झड्केलो’मा प्रसान्तका अलावा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, अर्जुन गुरुङ, नविन रेग्मी, सतिश खत्री, दामोदर खतिवडा, सानिया खान, संगीता नापित, प्रिया रिजाल र हिवाला गौतम लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu