लघु चलचित्र ‘क्रन्दन’मार्फत पलको सहयोग अपिल (भिडियो)



चलचित्र तथा म्यूजिक भिडियोका नायक पल शाह अहिले समाजको उत्तरदायि नायकको रुपमा पनि परिचित छन् । पलले लकडाउनको समयमा चलचित्र प्राविधिकहरुको लागी गरेको सहयोग कुनै रकमले तुलना गर्न मिल्दैन । यसैबीच उनै पल एक शर्ट फिल्मको अन्त्यमा देखिएर सहयोगको आह्वान गरेका छन् ।

सिनेमाटोग्राफरको रुपमा परिचित अर्जुन तिवारीले निर्देशन गरेको शर्ट फिल्म ‘क्रन्दन’मा एक गरिब मजदुरको पीडा समेटिएको छ । फिल्ममा घरमा भएको अन्न, पैसा तथा आफ्नो पेशा समेत नभएपछि भौँतारिएको युवकको पीडा देख्न सकिन्छ ।

प्रधानमन्त्रीले देशभरका सबै स्थानिय निकायबाट राहत बाँडिने बताएता पनि वास्तविक पीडितले नपाएको यस फिल्मले देखाएको छ । फिल्ममा राज न्यौपानेको अभिनय रहेको छ ।

फिल्म हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu