कलाकार संघको भवनलाई बजेट, चलचित्रलाई यस्तो सम्बोधन



सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली चलचित्र निर्माण गर्न प्रोत्साहन, कलाकार संघको भवन निर्माण, मौलिक चलचित्र निर्माण, देशैभर छायांकन स्थल लगायतका शीर्षकमा आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा खुसी व्यक्त गरे । ‘सरकारले हामी भवन बिहीन भएको महसुस गरेर बजेट विनियोजन गरेको छ । सरकार प्रति सम्पूर्ण नेपाली कलाकारहरू आभारी छौं’, खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu