डररहित बाँच्न सुझाउँदै करिश्मा



देश अहिले कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । गएको दुई महिनादेखि हरेक नेपाली यसको विरुद्धको लडाईंमा सरिक छन् । यसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम मानिसको जनजीवन प्रभावित भएको छ भने दिन दुई गुणा, रात चौगुणा बढिरहेको संक्रमणका कारण हरेकको मनमा डर पैदा भएको छ ।

तर, अभिनेत्री करिश्मा मानन्धरले डररहित भएर बाँच्न सुझाव दिएकी छन् । सरकारले कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि घरभित्रै खुम्चिएकी उनले डरै डरमा जिउन नहुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एक तस्विर पोस्ट्याउँदै उनले क्याप्सनमा लेखेकी छन्, ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’

कोरोनाका कारण डर र त्रासमा बाँचिरहेकालाई अभिनेत्री मानन्धरको यो सुझावपूर्ण विचारले केही हदसम्म आत्मबल बढाउन मद्दत गर्ने देखिन्छ । हुन पनि, जब मानिसको मनमा डरले डेरा जमाउन थाल्छ तब आत्मबल कमजोर हुन थाल्छ । यसैले पनि करिश्माले डररहित भएर बाँच्न सुझाव दिएकी हुन सक्छिन् । उनको यो स्टाटसमा धेरैले राम्रो विचार भन्दै प्रतिक्रिया जनाएका छन् ।

केही हप्ताअघि अभिनेत्री करिश्माले कोरोनाका कारण देश लकडाउन भएपछि रोजीरोटी गुमेर बिहान बेलुकाको छाक टार्न समस्या भएका आफ्नो घर ९गोदावरी० नजिकै डेरा लिएर बस्ने मानिसहरुलाई आर्थिक तथा खाद्यन्न सहयोग गरेकी थिइन् । उनले सामाजिक सञ्जालको माध्यमबाट घरभित्रै बसेर कोरोनाविरुद्धको लडाईंमा सहभागी हुन पनि आग्रह गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu