भावुक छु त्यसैले विवादित छु : करिश्मा मानन्धर



दशक अगाडि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री करिश्मा मानन्धर कोरोना भाइरसका कारण देश लकडाउन भएपछि घरभित्रै नजरबन्द छिन् । यो समयमा उनले सामाजिक सञ्जालमा समय सान्दर्भिक आफ्नो विचार व्यक्त गरिरहेकी छन् । तर, उनले फेसबुकको लेख्ने स्टाटसले प्रशंसाभन्दा बढी विवादको रुप लिने गरेको छ । यो हुनुको कारण उनी आफू भावुक हुनुलाई मान्छिन् ।

उनले आफूमा आत्मीय गुण भएका कारण अरुभन्दा फरक रहेको पनि बताएकी छन् । आइतवार आफ्नो आधिकारिक फेसबुकमा एक तस्विर पोस्ट्याउँदै क्याप्सनमा लेखेकी छन्, ‘भावुक छु, त्यसैले विवादित छु । आत्मीय गुण छ, त्यसैले फरक छु ।’ उनको शब्द भावबाट बुझ्न सकिन्छ कि भावुकताका कारण उनलाई विवादले पछ्याइरहेको छ । र, यसको उनलाई कुनै प्रवाह छैन ।

अभिनेत्री मानन्धरले अगाडि थप्दै लेखेकी छन्, ‘यदि तपाईं आफैंलाई प्रेम गर्न सक्नुहुन्न भने तपाईं कुनै कुरालाई प्रेम गर्न सक्नुहुन्न ।’ अभिनयमा सक्रिय रहँदा विवादबाट टाढा रहेकी उनी राजनीतिमा होमिएपछि भने यी कुराबाट भाग्न सकिनन् । अहिले सक्रिय राजनीतिबाट अलग भए पनि उनले सामाजिक सञ्जालको माध्यमबाट राजनीतिक टिप्पणी गर्न भने छाडेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu