अभिनेत्री मनिषा कोइराला मंगलवार नेपाल आएकी छन् । मुम्बईमा रहँदै आएकी उनि भैरहवाको बेलहिया नाका हुँदै स्वदेश आएकी हुन् ।
केहि दिनअघि लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको पक्षमा वकालत गरेको भन्दै भारतिय मिडियाबाट तुच्छ शैलीमा आलोचना खेपेकी मनिषा कोरोना महामारीकै बीच स्थलमार्ग हुँदै नेपाल आएकी हुन् । उनी आफ्नो बुबा आमासँगै आफ्नै गाडीमा नेपाल प्रवेश गरिन् । मनिषाको परिवार होटलमा क्वारेन्टाइन बस्नेछन् ।

मनिषाले नेपाल सरकारले परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ट्वीट शेयर गरेकी थिइन् । ट्वीट शेयर गरेसँगै नेपालबाट वाहवाही बटुलेकी मनिषाले भारतिय मिडिया र भारतिय जनताहरुबाट भने तुच्छ व्यवहार सहनु परेको थियो ।
नेपाली फिल्ममा अभिनय गरिसकेपछि बलीउड प्रवेश गरेकी मनिषाले भारतका सुपरस्टारहरुसँग दर्जनौँ हिट फिल्महरुमा अभिनय गरेकी छन् । उनलाई बलीउड क्वीनको संज्ञा समेत दिइएको थियो ।




