वर्षाको निधोः ‘उच्च मनोबलका साथ अगाडि बढ्छु’



नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अन्तर्वार्ताले अभिनेत्री वर्षा राउतलाई नसोचेको विवादमा ल्यायो । उक्त अन्तर्वार्तामा उनले भारत र नेपालका पत्रकारले सीमाको विषयमा झगडा पारिरहेको तर्क गर्दै यस प्रकारको क्रियाकलापले आफूलाई भारतीय साथीहरुसँग फेस गर्न गाह्रो भएको बताएकी थिइन् । यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनलाई भारतको समर्थक रहेको भन्दै गाली गलौचमा उत्रिएका थिए ।

भारतलाई लिपुलेक फिर्ता दिएर वर्षालाई भारत लैजान भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले अभियान समेत चलाएका थिए । आफ्नो अभिव्यक्तिलाई लिएर चर्को विरोध र आलोचना भएपछि उनले आत्मआलोचना गर्दै माफी मागिसकेकी छन् । अब, उनी यो घटनालाई पूर्ण रुपमा भुल्न चाहन्छिन् । साथै, उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने उनले निधो पनि गरेकी छन् ।

मंगलवार इन्स्टाग्राममा आफ्नो एक तस्विर पोस्ट्याउँदै उनले लेखेकी छन्, ‘न्यानो माया दिनुहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीको साथ आगाडी बढ्ने निधो गरेकी छु ।’ उनको यो स्टाटसमा प्रियंका कार्कीदेखि श्वेता खड्कासम्मले ढाडस दिएका छन् । लकडाउनपछि घरभित्रै सीमित भएकी वर्षाको हातमा अहिले ‘के घर के डेरा’ र ‘दुई नम्बरी’ चलचित्र छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu