कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा रहेको अवस्थामा स्क्रिप्ट राइटर तथा कान्तिपुर फिल्म एकेमेडीका सिइओ प्रकाश पुरीले आफ्नो जन्मथलो खोटाङ्ग पुगेर समाजबाट अपहेलित एक दलित परिवारको डकुमेन्ट्री तयार पारेका छन् । उक्त डकुमेन्ट्री उनले आफ्नै युट्यूब च्यानलमार्फत् सार्वजनिक गरेका छन् ।

हलेसी तुवाचुङ्ग नगरपालिकाको बिजुलेमा बसोबास गर्ने ८५ बर्षिय थमिनी बढेमाको कथा समेटिएको यो डकुमेन्ट्रीलाई ‘मैले देखेको कथा’ नाम दिइएको छ । पुरीले यो डकुमेन्ट्री व्यवसायिक प्रयोजन वा आम्दानीको ललागि नबनाएको बताएका छन् । डकुमेन्ट्रीमा थमिनी बढेमाको जीवन संघर्ष, भोगाइ र अनुभवलाई समेटिएको छ ।
डकुमेन्ट्रीको बारेमा प्रकाश पुरीले भनेका छन्, ‘कुनै पनि बेला तपाईंहरुलाई लाग्यो कि मेरो त सबथोक सकियो या अब मेरो के हुन्छ ? त्यो बेला २० मिनेट समय दिएर थमिनी बढेमाको यो कथा हेर्नुहोला । यसले तपाईंलाई जिन्दगी जिउन थप हौसला र संघर्ष गर्ने साहस दिनेछ ।’ जीवन पुरीको सहयोगमा खिचिएको डकुमेन्ट्रीको सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :-




