आफ्नै घरमा स्टूडियो बनाउँदै निर्देशक बस्नेत



चलचित्रको छायांकनका लागि इन्डोर स्टूडियोको अभावलाई मध्यनजर गर्दै निर्देशक शोभित बस्नेतले एक करोडको लागतमा फिल्म स्टूडियो बनाइरहेका छन् । उनले थानकोटमा रहेको आफ्नै घरमा फिल्म स्टूडियो बनाइरहेका हुन् । पुरानो एक तल्लाको घरमा २ तल्ला थप गरेर स्टूडियो तयार पारिरहेको उनले बताए । लकडाउनको समय सदुपयोग गरेर अहिले स्टूडियोको काम भैरहेको उनी बताउँछन् ।

गएको चार महिनादेखि स्टूडियो निर्माणको काम भैरहेको निर्देशक बस्नेतले जानकारी दिए । अबको दुई महिनामा स्टूडियोको सबै काम सकिने र चलचित्र छायांकनका लागि खुल्ला गरिने उनले बताए । उनका अनुसार, अहिले फिनिसिङको काम भैरहेको छ । मध्यम वर्गिय परिवारको घर देखाउन समस्या भएकाले त्यही अनुरुप स्टूडियोको संरचना बनाइएको उनको भनाई छ ।

शोभितले तयार पारिरहेको चलचित्र सुटिङ स्टूडियोमा लिभिङ रुम, बार, रेस्टुरेन्ट, बाथरुम आदि रहनेछन् । फिल्मको छायांकन गर्न सहज हुने गरि स्टूडियो निर्माण भैरहेको उनले बताए । उनले भने–‘केही बर्ष पहिले यी सबै कुराहरु समावेश गरेर केही स्टूडियो तयार भएका थिए । अहिले, ती सबै बन्द छन् । आशा छ, हामीले बनाएको चलचित्र सुटिङ स्टूडियोले त्यो आवश्यकता पूरा गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu