लकडाउनमा परमिताको साथी करिश्माकी छोरी



कोरोना भाइरसको जोखिम न्यूनिकरणका कारण सरकारले लकडाउनको घोषणा गरेपछि मानिसहरु घरको चारकुनामा दिन विताइरहेका छन् । नेपाली कलाकारहरुले पनि आम सर्वसाधारणझैँ घरभित्रै बसेर लकडाउनको पालन गरेका छन् । लकडाउनका सुरुवाती केही दिन घरमा परिवारसँग समय विताउन पाएकोमा खुसी देखिएका कलाकारहरु अहिले घरभित्रै सीमित हुनुपर्दा दिकदार भएका छन् ।

लकडाउनका कारण साथीहरुसँग प्रत्यक्ष भेट गर्न नपाएका कलाकारहरु सामाजिक सञ्जालको माध्यमबाट एकअर्काको बारेमा जानकारी लिइरहेका छन् । अभिनेत्री परमिता एलआर राणालाई भने लकडाउनको समयमा दिन विताउने साथी बनेकी छन्, अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता । एकअर्काका छिमेकी रहेका कविता र परमिता अहिले घनिष्ट साथी बनेका छन् ।

अभिनेत्री परमिताले शनिवार आफ्नो आधिकारिक इन्स्टाग्राममा कवितासँग घरको छतमा खिचेका तस्विर साझेदार गरेकी छन् । सन् २००८ को पहिरन लगाएर खिचेको तस्विरमा उनीहरु एकअर्कासँग निकै निकट देखिएका छन् । कविता र परमिताको तस्विर अभिनेत्री करिश्माले पनि शेयर गर्दै बच्चाहरुको दिन विताउने तरिका भन्दै ज्ञानी भएकोमा खुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu