दीपक क्षेत्रीलाई सम्झँदै विपना लेख्छिन्, ‘अर्को जुनीमा मलाई साथ देऊ है’



सयभन्दा बढी चलचित्रमा जीवन्त अभिनय गरेर दर्शकको मनमा बसेका कलाकार दीपक क्षेत्रीले यो संसारबाट विदा लिएको ६ महिना वितेको छ । २०७६ मंसिर २८ गते उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । उनको निधन हुँदा श्रीमती विपना बस्नेत (नक्कली हिसिला यमी) छोरीसँग मलेशियामा थिइन् । उनी स्वदेश फर्किएपछि कलाकार क्षेत्रीको अन्त्येष्टि गरिएको थियो ।

आफू साथमा नभएको बेला संसारबाट विदा लिएको भन्दै कलाकार बस्नेत सामाजिक सञ्जालमा श्रीमान् क्षेत्रीप्रति गुनासो पोखिरहेकी हुन्छिन् । सोमवार पनि उनले श्रीमानलाई सम्झँदै आफू सधैंभरी माया गरिरहने र आफू ठूलो चोट बोकेर बाँचिरहेको बताएकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै श्रीमानको लुगादेखि जुत्तासम्म सुरक्षित रुपमा राखेको पनि उल्लेख गरेकी छन् ।

श्रीमान् क्षेत्रीप्रति प्रेम भाव व्यक्त गर्दै कलाकार बस्नेतले फेसबुकमा लेखेकी छन्, ‘आज ६ महिना पुगेछ, यति ठूलो चोट छातिमा बोकेर पनि बाँचिरहेकी छु । बाबा दिपक जहाँ छौ, जुन रुपमा छौ, जस्तो छौ, मैले त सपनामा बाहेक अरु बेलामा देख्न सकिनँ । तिम्रा लुगादेखि जुत्ता अनि हरेक तिम्रा सामानहरु सुरक्षित साथ राखिरहेकी छु । चिन्ता नगर सधैं तिमीलाई माया गरिरहने छु ।

उनले अगाडि लेखेकी छन्, ‘मलाई यति मात्र चित्त दुखाई हो कि म नहुँदा तिमी गयौ । मलाई एक दिन पनि पर्खेनौ । भगवानले मलाई भेट्न दिएको भए, एकदिन पखाई दिएको भए के बिग्रन्थ्यो र ? माया गर्थेँ होला, झगडा गर्थेँ होला । जे होस् बाबा अर्को जुनी पाइयो भने मलाई साथ देऊ है ।’ दीपक क्षेत्री जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका कलाकार मानिन्थे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu