बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सन् १९७३ नेभेम्बर १ मा भारतको कर्नाटकामा जन्मिएकी हुन् । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेकी ऐश्वर्याले ‘ताल’, ‘हम दिल दे चुके सनम’, ‘धूम २’, ‘देवदास’, ‘रोबोट’ र ‘गुरू’ जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी छन् । तर, ऐश्वर्याले कयौं सुपरहिट चलचित्रमा अभिनय गर्न भने अस्वीकार गरेकी थिइन् ।

यी हुन् ऐश्वर्याले छाडेका ९ चलचित्र :-
राजा हिन्दुस्तानी
सन् १९९६ मा रिलिज भएको चलचित्र ‘राजा हिन्दुस्तानी’ मा अभिनयको लागि करिश्मा कपूरभन्दा पहिले ऐश्वर्या रायलाई अफर गरिएको थियो । तर, उनले चलचित्रमा अभिनय गर्न अस्वीकार गरिन् । पछि निर्देशक धर्मेश दर्शनले आमिर खानको जोडीको रुपमा करिश्मा कपूरलाई चलचित्रमा ल्याए । चलचित्र सुपरहिट भयो ।
कुछ कुछ होता है
सन् १९९९८ मा प्रदर्शन भएको चलचित्र ‘कुछ कुछ होता है’ मा करण जौहरले टीनाको भुमिकामा ऐश्वर्यालाई अफर गरेका थिए । तर, उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाइनन् । चलचित्रमा टिनाको भुमिका रानी मुखर्जीले गरिन् । चलचित्र सुपरहिट हिट सावित भयो।
मुन्नाभाई एमबीबीएस
आफ्नो फिल्मी करियरमा ऐश्वर्या चर्चित निर्माता तथा निर्देशक राज कुमार हिरानीसँग पनि काम गर्न चुकेकी छन् । उनलाई ‘मुन्नाभाई एमबीबीएस अफर गरिएको थियो । उनलाई चलचित्रमा शाहरुख खान ‘मुन्नाभाई एमबीबीएस’ को मुख्य भुमिकामा रहने समय अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न मानिनन् । पछि चलचित्रमा संजय दत्तलाई मुख्य भुमिकामा लिइयो । साथै, संजय दत्तको अपोजिटमा ग्रेसी सिंहलाई खेलाइयो । चलचित्र हिट रह्यो ।
वीर जारा
निर्देशक यश चोपडाको चलचित्र ‘वीर जारा’ मा ऐश्वर्यालाई प्रिटी जिन्टाको रोल अफर गरिएको थियो । तर, उनले सो चलचित्रमा पनि अभिनय गरिनन् । चलचित्र हिट भयो साथै प्रीतिले चलचित्रबाट निकै प्रशंसा कमाइन् ।
भूल भुलैया
‘भूल भुलैया’ मा विद्या बालनले मन्जोलिकाको भूमिकामा जबरदस्त अभिनय गरेकी छन् । यो फिल्मका लागि विद्या पहिलो रोजाइ भने थिइनन् । यो चलचित्र पनि ऐश्वर्याले अभिनय गर्न अस्वीकार गरेकी थिइन् ।
नमस्ते लण्डन
विपुल शाहको चलचित्र ‘नमस्ते लण्डन’ हिट भयो । चलचित्रमा ऐश्वर्यालाई कट्रिना कैफको भुमिकामा अभिनय गर्न भनिएको थियो । तर, उनले चलचित्रमा अभिनय गर्ने इच्छा देखाइनन् ।
दोस्ताना
ऐश्वर्यालाई चलचित्र ‘दोस्ताना’ मा मुख्य भूमिकाको अफर गरिएको थियो । तर, उनले उक्त रोल नगर्ने बताइन् । पछि चलचित्रमा प्रियंका चोपडा देसी गर्ल बनेर चर्चित भइन् ।
चलते चलते
‘चलते चलते’ मा पहिले रानी मुखर्जीको ठाँउमा ऐश्वर्या राय थिइन् । तर, सो समयका प्रेमी सलमान खानले चलचित्र सेटमा हंगामा गरेपछि उनले चलचित्र छोड्नु परेको थियो ।
कृष
ऐश्वर्यालाई ‘कृष’ मा पनि अफर गरिएको थियो । तर, उनले चलचित्र नगर्ने भनेपछि प्रियंका चोपडाले अभिनय गरिन् ।




