विवके घिमिरे निर्देशित चलचित्र ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।

मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रविन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुवेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्रलाई ओटीटी प्ल्याटफर्ममार्फत् मार्फत रिलिज गर्ने तयारी गरिएको छ । यसअघि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो ।
गीत हेर्नुहोस् :-




