‘पैसो’ मा चलचित्र क्षेत्रमा काम गर्ने तीन युवाको कथा



कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरुमा पैसा अभावले कस्तो अवस्था निम्त्याएको छ भन्ने विषयमा एक छोटो चलचित्र निर्माण भएको छ । ‘पैसो’ नामक छोटो चलचित्रले चलचित्र क्षेत्रमा काम गर्ने सपना बोकेर राजधानी छिरेका तीन युवाको कथा वाचन गरेको छ ।

अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यो चलचित्रलाई कलाकार राज न्यौपाने तथा चलचित्रकर्मी अर्जुन तिवारीले निर्माण गरेका हुन् । विनोद ढकालको भ्वाइस ओभर रहेको चलचित्रमा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश बिक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्ण बहादुर गिरीले अभिनय गरेका छन् । यस चलचित्रमा बिनय कार्की क्षेत्रीको संगीत तथा गायन छ ।

चलचित्रमा गीतको शब्द सिमोन न्यौपानेले लेखेका छन् । ओम नमः शिवाय मल्टि स्टुडियो मिडिया सिष्टममा पोष्ट प्रोडक्सन गरिएको चलचित्रका छायांकार र सम्पादक अर्जुन तिवारी हुन् । चलचित्र लेखन तथा निर्देशन राज न्यौपानेले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu