भारतमा गएर राजनीति गर्न सरिता गिरीलाई नीताको सुझाव



भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपाल सरकारलाई नेपालको पूर्ण नक्सा जारी गर्न दबाब पर्‍यो । केही हप्ताअघि सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट नयाँ नक्सा जारी गरे पनि भारतले स्वीकार गरेको अवस्था छैन । नेपालको भूमि अतिक्रमण नगरेको भारतको दाबी छ ।

लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरी भने भारतको पक्षमा वकालत गरिरहेकी छन् । उनले विभिन्न सञ्चारमाध्यममा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएकी छन् । अहिले उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ ।

अभिनेत्री नीता ढुंगानाले पनि गिरीलाई नेपालको लायक नभएको भन्दै भारतमै गएर राजनीति गर्न सुझाएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छन्, ‘हो नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ! तिमी नेपालको लायक छैनौ ।’ नीताले नेतृ गिरीप्रति लक्षित गरेर लेखेको स्टाटसमा उनका प्रशंसकहरुले पनि समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu