सरकार विरोधी प्रदर्शनप्रति असन्तुष्ट मनिषा



अभिनेत्री मनिषा कोइरालाले कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर चर्किएको युवाहरुको आन्दोलनको समय ठिक नभएको बताएकी छन् । आज नयाँ नक्सालाई आधिकारिकता दिन संसद भवनमा संविधान संशोधन हुँदैछ । यो एतिहासिक दिन सरकार विरोधी प्रदर्शन गर्नु ठिक नहुने उनको भनाई छ । यो आग्रह अन्य सेलिव्रेटीहरुले गरे पनि प्रदर्शन भने रोकिएको छैन ।

आज सरकार विरोधी भइरहेको प्रदर्शनप्रति असन्तुष्ट व्यक्त गर्दै उनले ट्विटरमा लेखेकी छन्, ‘प्रदर्शनको समयमाथि प्रश्न उठाउन योग्य छ । मैले सँधै महशुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

मन्त्रिपरिषद्ले जारी गरेको नेपालको नयाँ नक्सालाई समर्थन गर्दै गएको केही हप्ताअघि अभिनेत्री कोइरालाले एक ट्विट गरेकी थिइन् । उक्त ट्विट उनले चीनको इराशामा गरेको भन्दै भारतीय मिडिया र त्यहाँका नागरिक उनीमाथि खनिएका थिए । उनलाई भारतीय टेलिभिजन एविपीले ‘भारतको खाएर चीनको गीत गाएको’ अरोप लगाउँदै तुच्छ गालीगलौज समेत गरेको थियो ।

नेपालको नयाँ नक्साको समर्थन गरेपछि भारतीय नागरिकको आँखाको तारो बनेकी अभिनेत्री मनिषा गएको हप्ता परिवारसहित स्थल मार्ग हुँदै नेपाल आएकी थिइन् । अहिले उनी राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी छन् । नेपाल आएपछि उनले कोरोनाको परिक्षण पनि गराएकी थिइन् । पीसीआर परिक्षणमा उनीसहित उनको परिवारको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu