‘नेपोटिज्म’ बारे निर्देशक भट्टराई लेख्छन्, ‘भुवन केसीको छोरा अनमोल हिरो नै बन्छ’



बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे । छोटो समयमा बलिउडमा लोभलाग्दो नाम र दाम कमाएका उनले किन आत्महत्याको बाटो रोजे ? त्यो रहस्यमय छ । तर, बलिउड चलचित्रकर्मीहरुले उनले आत्महत्याको विकल्प नभेट्नुलाई बलिउडमा फस्टाएको ‘नेपोटिज्म’ लाई मानेका छन् । यो विषयमा नेपाली नेपाली सेलिब्रेटीहरुले पनि आफ्नो भनाई राखिरहेका छन् ।

अभिनेत्री नम्रता सापकोटा र वर्षा सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा बढिरहेको ‘नेपोटिज्म’ अर्थात् नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा राम्रो भएका कलाकारहरु डिप्रेसनको शिकार भएको बताएका छन् । उनीहरुको यो भनाईमा नेपाली चलचित्रकर्मीहरुले फरक फरक मत राखिरहेका छन् ।

निर्देशक कुमार भट्टराईले आफ्नो सन्तानलाई आफू हिँडेको बाटोमा ल्याउनु गलत नभएको र त्यसलाई अनर्थ रुपमा लिन नमिल्ने तर्क राखेका छन् । फेसबुक स्टोरीमा उनले लेखेका छन्, ‘विनोद चौधरीको छोरा चौधरी ग्रुपको अध्यक्ष बन्छ, त्यो ‘विरासत’ हो । भुवन केसीको छोरा अनमोल केसी हिरो नै बन्छ, त्यो ‘नेपोटिज्म’ हो । त्यो सिनेमा रंगमञ्चमा यता नी छ । बुझ नपचाम् ।’

त्यस्तै, उनले फेसबुकमा एक स्टाटस लेख्दै कास्टिङ नेपोटिज्म र नयाँ सिनेमा क्याम्पहरुले सोकल्ड स्टारहरुको स्वार्थको रक्षा गरिरहने बताएका छन् । ‘सिनेमा र रंगमञ्चभित्र सुरीला स्वरमा यसको चर्चा त हुन्छ, तर प्रभावशाली अनि मिडिया कुकुनको ओतमा बसेकाहरुको प्रभावले यस्ता भ्वाइसहरु फेड हुन्छन्’, उनले लेखेका छन् । निर्देशक भट्टराई चलचित्र ‘उत्सव’ का निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu