फिल्मी परिवारबाट आएका सबै चलेका छैनन् : सुशील श्रेष्ठ



बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा बहस चर्किएको छ । अभिनेत्री द्वय नम्रता सापकोटा र वर्षा सिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा बढेको नातावादका कारण प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको र यसले धेरै डिप्रेसनको शिकार भएको बताएका छन् । अभिनेता सुशील श्रेष्ठ भने नेपाली चलचित्र क्षेत्रमा नातावाद नरहेको बताउँछन् । फिल्मी परिवारबाट आउनेहरुले पनि मेहेनत गर्ने गरेको उनको भनाई छ ।

सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुशीलले लेखेका छन्, ‘म कुनै फिल्मी परिवारबाट आएको होइन र मलाई फिल्मी परिवारबाट आउने कलाकारहरुसँग केही ईर्ष्या पनि छैन । नेपाली चलचित्र क्षेत्र भर्खरै त पाइला टेक्दै छ, हुकिँदै छ अघि बढ्दै छ। ‘नेपोटिज्म’ कता बाट आयो अहिले नै ? फिल्मी परिवारबाट आएको कलाकारहरु पनि कति चलेका छन् र कति चलेका छैनन् ।’

फिल्मी परिवारबाट आएका कति कलाकारहरु आफ्नो प्रतिभाले नेपाली चलचित्रमा राम्रो स्थान हासिल गरेको उल्लेख गर्दै उनले कतिपय अहिलेसम्म मेहेनत गर्दै अगाडि बढिरहेको बताएका छन् । उनी थप्छन्, ‘हामी नेपालमा अहिले नै यस्तो ‘नेपोटिज्म’ को कुरा नगरौं जस्तो लाग्छ । बरु आफू मेहेनत गर्दै गरौं । अगाडि बढ्दै गरौं । यही हार नै तपाईंको जितको सुरुवात हुनेछ ।’

आफूसँगै धेरै कलाकारहरु फिल्मी परिवारबाट नभए पनि नेपाली चलचित्रमा राम्रो स्थानमा पुगेको बताउँदै उनले आफ्नो पक्षबाट मात्र नसोच्न पनि आग्रह गरेका छन् । ‘हामी जहिले सोच्दा आफ्नो ‘पोइन्ट अफ भ्यू’ बाट सोच्छौं, कहिले काहिँ फिल्मी परिवारबाट आउने कलाकारहरुको ‘पोइन्ट अफ भ्यू’ बाट पनि सोचौं । उनीहरुले पनि त मेहनत गरेकै हुन्छन’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu